Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


राष्ट्रपतिद्वारा सडक दुर्घटना न्यूनीकरणबारे सरोकारवालासँग छलफल


0
Shares

राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा सडकको अवस्था, चालकको लापरबाहीजस्ता कारणले सडक दुर्घटना बढेको बताइएको थियो ।

सडक विभागका कर्मचारी डा. पदमबहादुर शाहीले नेपालमा वर्षेनि २ हजार मानिसको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको र त्यसमा पनि ३२ प्रतिशत सडक दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेको तथ्यांक प्रस्तुत् गरे ।

यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी सर्वेन्द्र खनालले जनसंख्याको अनुपातमा ट्राफिक प्रहरीहरुको संख्या निकै कम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको गुनासो गरे ।

छलफलकाक्रममा राष्ट्रपति भण्डारीले सरकारका सरोकारवाला निकायहरुले सडक दुर्घटना कम गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा राजधानीमामात्रै वार्षिक स्कुटर र मोटरसाइकल दुर्घटनामा झन्डै साढे ३०० को ज्यान जाने गरेको जानकारी पनि दिइएको थियो ।