११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


मेक्सिकोमा भूकम्पमा परी एउटै विद्यालयका २१ जनाको मृत्यु


0
Shares

भूकम्पले विद्यालयको भवन भत्किँदा परिएका २१ जना बालबालिका र ५ जना वयस्कको शव भेटिएको हो ।

यो समेत गरी भूकम्पका कारण अहिले २ सय ३० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले विद्यालयको भग्नावशेषमा अझै तीन जना विवितै रहेको बताएका छन् । भत्किएको संरचनाभित्रबाट एक जनाको उद्दार गरिएको छ ।

ठूलो भूकम्पपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन् ।

भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ । भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन् ।

राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्  ।(एजेन्सी)