
संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिँदै दुष्टको संज्ञा दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गरेका थिए ।
परमाणु कार्यक्रमको र अमेरिका तथा इरानबीच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताएका थिए ।
ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताएका थिए ।
त्यसको जवाफमा महासभामासम्बोधन गर्नुभएका इरानी राष्ट्रपति रुहानीले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को रुपमा परिभाषित गरेका हुन् ।
रुहानीले आफ्नो देशले पहिले परमाणु सम्झौता उल्लंघन नगरेको दाबी गरेका थिए ।
तर कसैले उल्लंघन गरेमा वा आफ्नो देशलाई हानी गर्न खोजेमा इरानले त्यसको जवाफ भने दिने रुहानीको चेतावनी थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्