२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मेक्सिकोमा हिंसाका बीच निर्वाचन हुँदै


0
Shares

मेक्सिको, असार १७ । मेक्सिकोमा हिंसाकाबीच आज आमचुनावका लागि मतदान हुँदैछ ।

चुनावमा मेक्सिको शहरका पूर्व मेयर आन्द्रेश म्यानुअल लोपेज ओब्राडोरले जित्ने सम्भावना बढी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भ्रष्टाचारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका ओब्राडोरले जिते मेक्सिकोमा करिब एक शताब्दीसम्म शासन गरेका दुई पार्टीको सत्ता यात्रामा रोक लाग्नेछ ।

उनको प्रतिस्पर्धी पिएएन पार्टीका रिकार्डो अनाया हुने अनुमान गरिएको छ । पूर्व अर्थमन्त्री जोस एन्टोनियो सत्तारुढ पार्टी पीआरआईबाट उम्मेदवार बनेका छन् ।

चुनावी अभियानका क्रममा भने अहिलेसम्म कै खराब राजनीतिक हिंसा मच्चिएको थियो । गत सेप्टेम्बर यतामात्रै १ सय ३० भन्दा बढी उम्मेदवार र राजनीतिक कार्यकर्ताको हत्या भइसकेको छ ।

चुनावमा ८ करोड ८० लाख मतदाताले राष्ट्रपति, सांसदहरु र स्थानीय प्रतिनिधि छनौट गर्नै छन् । ल्याटिन अमेरिकी मुलुकहरुमा दोस्रो ठूलो अर्थतन्त्र भएको मेक्सिको मुख्य तेल निर्यातकर्ता मुलुक हो ।

४० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनी रहेको मेक्सिकोमा भ्रष्टाचार र हिंसाको दर उच्च छ । (एजेन्सी)