Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु, नागरिकको मन जित्न गृहमन्त्रीको निर्देशन


0
Shares

‘प्रहरी हाम्रो टोलमा’ अभियानको राजधानीमा उद्घाटन गर्दै उनले जनताको सुरक्षा गर्नु राज्यको दायित्व भएकाले जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिए । बन्दुकको भरमा हैन, शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि नागरिकको मन जित्न जरुरी रहेको भन्दै उनले स्थानीय सरकारसँग मिलेर काम गर्न प्रहरीलाई निर्देशन दिए ।

राजधानीमा अपराध र गुण्डागर्दी बढ्दै गएको भन्दै गृहमन्त्री शर्माले त्यसको नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरीलाई आग्रह गरे ।

प्रहरी प्रशासनलाई अझ जनउत्तरदायी बनाउन ‘एक प्रहरी एक टोल’ भन्ने अवधारणा प्रभावकारी हुने भन्दै उनले शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए ।

गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले ‘प्रहरी हाम्रो टोलमा’ अभियानलाई शहरदेखि टोलसम्म प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।

गृह सचिव लोकदर्शन रेग्मीले प्रहरी प्रशासन, संगठनलाई बलियो बनाउन र जनशक्ति सुदृढिकरणको लागि स्रोत साधनको कमी हुन नदिईने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नागरिकको सुरक्षा र अपराध नियन्त्रण गर्नु प्रहरीको कर्तव्य भएको भन्दै ‘प्रहरी हाम्रो टोलमा’ अभियान प्रभावकारी बनाईने बताए । उनले स्थानीय जनप्रतिनिधिसँग मिलेर काम गर्ने, जनताको घरदैलोसम्म प्रहरीलाई पु¥याउने र जनतासँग मिलेर काम गर्ने बताए ।