अनशनरत आफ्ना पतिको निधनको तेस्रो स्मृति दिवसमा वीर अस्पतालमा उनले आफ्ना छोराको हत्यारालाई कारवाही नभएसम्म अनशन जारी रहने बताइन् ।
अधिकारीको जीवन रक्षा र पीडितलाई न्याय दिन माग गर्दै द्वन्द्व पीडित समाजले पनि वीर अस्पतालको प्राङ्गणमा धर्ना दिएको छ । मानवअधिकारवादी चरण प्रसाईले सरकारले कानूनको पालना नगरेको आरोप लगाए । लामो समयसम्म अनशनरत गंगामायाको अवस्था चिन्ताजनक रहदाँसमेत सरकारले बेवास्ता गरेको भन्दै उनले सबै मानवअधिकारवादी एक भएर लाग्नुपर्ने बताए ।
अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादीका कार्यकर्ताले २०६२ साल जेठ २४ गते चितवनमा अपहरण गरी हत्या गरेका थिए । सोही हत्यामा संलग्नहरुलाई कारवाही गरी आफूलाई न्याय दिन माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले लामो समयदेखि विभिन्न उपाय र आग्रह गर्दै आएपनि सुनुवाई नभएपछि आमरण अनशन बसेका थिए । न्याय प्राप्तिका लागि अनशनरत नन्दप्रसाद अधिकारीको ३ सय ३३ औं दिन अर्थात् २०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।
पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको नन्दप्रसाद अधिकारीको पार्थिव शरीरको अझैसम्म दाहसंस्कार हुन सकेको छैन ।
एसएलसी दिएर चितवनमा रहेका आफन्त भेट्न गएका गोरखा फुजेलका १७ बर्षीय कृष्णप्रसादलाई माओवादीले सुराकीको आरोपमा पक्राउ गरी हत्या गरेका थिए । तत्कालै कृष्णप्रसादका दाईले हत्यामा संलग्न भन्दै गोरखा फुजेलका छविलाल पौडेलसहित १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्