१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


वीरगन्जमा महानगरमा कांग्रेसको अग्रता, उपमहानगरमा कहाँ–को अगाडि ?


0
Shares

निकै सुस्तगतिमा भइरहेको मतगणनाको पछिल्लो मतपरिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्वीवेदीले ४६८६ मत पाउँदा राजपाका राजेशमान सिंहले ४२१६ मत र संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले ४१०९ मत पाएका छन् ।

जनकपुर उपमहानगरपालिका भने कांग्रेसभन्दा राजपा निकै धेरै अगाडि रहेको छ ।

राजपाका मेयर उम्मेदवारले १००६२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले ३२४१ मत मात्र प्राप्त गरेका छन् । उपमेयरका पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।

बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा नेकपा एमालेले अग्रता लिएको छ ।

कलैया उपमहानगरपालिकाको प्रमुखमा एमाले उम्मेदवारले ३१३२, संघीय समाजवादी फोरमका उम्मेदवारले २८८६ र कांग्रेसका उम्मेदवारले २६०४ मत पाएका छन् ।

जितपुर–सिमरा उपमहानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवारले ९२०९ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवारले ७८५० र कांग्रेसका उम्मेदवार ७००४ मत पाएका छन् ।