Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


महोत्तरीको रामगोपालपुरका प्रमुख–उपप्रमुखमा माओवादी केन्द्र विजयी


0
Shares

अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिए ।

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई हजार ८९१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पादेवी महतोले दुई हजार ८५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अधिकारीले बताए । रासस