१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सिरहाको धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी


0
Shares

हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकै विमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गरिन् । रासस