१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


वीरगन्जमा यस्तो छ पछिल्लो मतपरिणाम, उपमहानगरमा कहाँ–कसको अग्रता ?


0
Shares

निकै सुस्तगतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्वीवेदीले ४९४९ मत पाउँदा संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले ४३४४ मत र राजपाका राजेशमान सिंहले ४३०१ मत पाएका छन् ।

जनकपुर उपमहानगरपालिकामा भने कांग्रेसभन्दा राजपा निकै धेरै अगाडि रहेको छ ।

राजपाका मेयर उम्मेदवारले १० हजार ०६२ मत प्राप्त गर्दा कांग्रेसका मेयर उम्मेदवारले ३ हजार २४१ मतमात्र प्राप्त गरेका छन् । उपमेयरमा पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् ।

बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा नेकपा एमालेले अग्रता लिएको छ ।

कलैया उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवारले ३४५५, संघीय समाजवादी फोरमका उम्मेदवारले ३१९६ र कांग्रेसका उम्मेदवारले २९६७ मत पाएका छन् ।

जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवारले ९२०९ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवारले ७८५० र कांग्रेसका उम्मेदवारले ७००४ मत पाएका छन् ।