१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


सप्तरीमा कहाँ–को विजयी ?


0
Shares

११५० मतगणना हुँदा फोरम नेपालले मेयरमा ४०६, उपमेयरमा ३६८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मेयरमा ३४३, उपमेयरमा २०० र नेकपा एमालेले मेयरमा २१७ र उपमेयरमा ४८३ मत प्राप्त गरेको छ ।

शुक्रबार साँझसम्म सप्तरीमा सातओटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार नेपाली कांग्रेस ३, राष्ट्रिय जनता पार्टी नेपाल २, नेकपा एमाले एक र संघीय समाजवादी फोरम नेपाल एकओटा स्थानीय तहमा विजयी भएका छन् ।

विजयी:
१. सप्तकोसी नगरपालिका (मेयर/उपमेयर): एमालेका उत्तमकुमार शर्मा ३०३९/एमालेकै आशा चौधरी ३२२७ मत ।

२. डाक्नेश्वरी नगरपालिका (मेयर/उपमेयर): राजपाका शिवनारायण साह ३८८०/राजपाकै इन्दुदेवी यादव ३८५६ मत ।

३. विष्णपुर गाउँपालिका (अध्यक्ष/उपाध्यक्ष): नेपाली कांग्रेसका निलाम्बर यादव २१२४/कांग्रेसकै जंजिरादेवी यादव २०१८ मत ।

४. वेल्ही–चपेना गाउँपालिका (अध्यक्ष/उपाध्यक्ष): कांग्रेसका प्रमानन्द यादव ३५४५/कांग्रेसकै उषादेवी मण्डल ३४५५ मत ।

५. रुपनी गाउँपालिकाका (अध्यक्ष/उपाध्यक्ष): राजपाका हरेराम यादव ४०६८/राजपाकै वेचनीदेवी सरदार ३९३६ मत ।

६. तिरहुँत गाउँपालिकाका (अध्यक्ष/उपाध्यक्ष): संघीय समाजवादी फोरमका हेमन्त बहरखेर ३०४२/फोरमकै तीर्थमाया मण्डल २८०० मत ।

७. अग्निसाइर कृष्णशवरन गाउँपालिका (अध्यक्ष/उपाध्यक्ष): कांग्रेसका परशुराम चौधरी ३३९५/कांग्रेसकै मीनादेवी चौधरी २९४९ मत ।