
खडक नगरपालिका–१० को मतगणनाकाक्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिस्कार गरी बाहिरिँदा मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो ।
नेकपा एमाले, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत दलका उम्मेदवार र प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रबारे निर्णय नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएका छन् ।
यता, खडक नगरपालिकाका निर्वाचन अधिकृत रीताकुमारी बख्रेलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रका विषयमा विवाद भएकाले मतगणना केही समय रोकिएको जानकारी दिँदै विवाद मिलाउने प्रयास भइरहको जानकारी दिइन् । रासस
प्रतिक्रिया दिनुहोस्