
केनेडी अन्तरिक्ष केन्द्रले शुक्रबार आँधीबाट भएका क्षतिको लगत संकलन र जानकारी गराउने क्रममा एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको ऐतिहासिक ‘मुन ट्री’ पनि ढलेको जनाएको छ ।
सन् १९७१ मा अन्तरिक्ष यात्री स्टुआर्ट रूसाले ‘एपोलो–१४’ मा सयौँ वृक्षका बिउ लिएर गएका थिए । ‘एपोलो–१४’ पृथ्वीमा फर्केपछि भएको विष्फोटपछि ती सबै मिसिएका थिए । तिनीहरू परीक्षणका लागि प्रयोग गर्न नसकिएपनि आफ्नै हिसाबले उम्रेर हुर्किएका थिए ।
अमेरिकाको २०० औं जन्मोत्सवका उपलक्ष्यमा पछि ती बिरुवालाई राज्यका विभिन्न स्थानमा सारिएको थियो । तर, ती सवै विरुवा कहाँ–कहाँ सारिएको थियो भन्ने कुनै तथ्यांक राखिएको छैन ।
नासाको दर्शक दिर्घामा रोपिएको उक्त ‘मुन ट्री’ले अन्तरिक्ष अन्वेषणको अमेरिकी अन्वेषण केन्द्र नासाको उक्त इतिहासलाई एर्मा आँधीले ढलाएको हो । रासस/एपी
प्रतिक्रिया दिनुहोस्