१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


११० स्थानको परिणाम सार्वजनिकः कांग्रेस ३३, फोरम नेपाल २०, माओवादी २०, राजपा १९ मा विजयी


0
Shares

शनिबार दिउँसो २ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार बारा पर्सौनी गाउँपालिकाको अध्यक्षमा राजपाका भोलाप्रसाद गुप्ता २४३८ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा राजपाकै गीता साह २५४२ मत ल्याएर विजयी भइन् ।

पर्साको जगन्नाथपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियाँ ३४०१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा फोरम नेपालका बिसमिल्ला खातुन २०७० मत ल्याइ विजयी भइन् ।

पर्साको पोखरिया नगरपालिकाको प्रमुखमा नेपाली जनता दलका दीपनारायण रौनियार विजयी भएका छन् भने उपप्रमुखमा फोरम नेपालका सल्मा खातुन विजयी भएकी छन् ।

पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुरेश कुर्मी २१७६ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा फोरम नेपालका पारसनाथ कुर्मी २४५९ मत ल्याएर निर्वाचित भए ।

महोत्तरीको बर्दिवास नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका विदुरकुमार कार्की विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादीकै कृष्णकुमारी गौतम विजयी भएकी छन् ।

सर्लाहीको हरिऔन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका गणेश प्रसाइँ ६०५४ मत प्राप्त गरी विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै रेणुका पौडेल ५९९८ मत प्राप्त गरी विजयी भइन् ।

पर्साको जगनाथपुर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियाँ मन्सुरी ३४०१ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा फोरम नेपालकी बिस्मिल्लाह खातुन ३१४१ मत ल्याएर विजयी भएकी छन् ।

सर्लाहीको गोडैटा नगरपालिकाको प्रमुखमा राजपाका देवेन्द्रकुमार यादव ३९०२ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा राजपाकै अन्जना कुसहवा ४९७५ मत ल्याएर विजयी भएकी छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा राजपाका रामशंकर मिश्र ५१८० मत प्राप्त गरी विजयी भएका छन् भने उपप्रमुखमा पनि राजपाकै मुनसुनदेवी महतो ४५६६ मत प्राप्त गरी विजयी भएकी छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा राजपाका महेन्द्र महतो ३७६१ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा पनि राजपाकी अनिता देवी ३६६३ मत ल्याएर विजयी भएकी छन् ।

सिरहाको वरियापट्टी गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका सन्तोषकुमार मेहता ३९७९ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा पनि फोरम नेपालकै रेखाकुमारी नेपाली ३७६३ मत ल्याएर विजयी भएकी छन् ।

सिरहाको लहान नगरपालिकाको प्रमुखमा एमालेका मुनी साह सुडी ११३०७ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकी सरियाकुमारी चौधरी १११६८ मत ल्याएर विजयी भएकी छन् ।

सप्तरीको सुरुंगा नगरपालिकाको प्रमुखमा कांग्रेसका मुक्तिनाथ चौधरी ५२७८ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै वृन्दा पासवान ५०३६ मत ल्याएर विजयी भएकी छन् ।

सप्तरीकै महादेवा गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका दिपकुमार यादव विजयी भएका छन् भने उपाध्यक्षमा पनि फोरम नेपालकै ममता यादव विजयी भएकी छन् ।

रौतहटको गुजरा नगरपालिकाको प्रमुखमा राजपाका सन्तुलालप्रसाद चौधरी ५०७८ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा राजपाकै रोशन खातुन ३४४५ मतसहित विजयी भएकी छन् ।

बाराको सुवर्णपुर गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका महेन्द्र यादव ३०६५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा पनि फोरम नेपालकै कविता यादव ३४७५ मत ल्याएर विजयी भएकी छन् ।