११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


उत्तर कोरियामाथि चीनको थप प्रतिबन्ध


0
Shares

चीनले उत्तर कोरियामा निर्यात गर्दै आएको पेट्रोलियम पदार्थमा कटौती गरेको छ भने उत्तर कोरियाली कपडा खरिदमा रोक लगाएको छ ।

चीनको बाणिज्य मन्त्रालयले वक्तव्य निकाली उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धबारे शनिबार जानकारी गराएको हो । चीनको यस कदमले उत्तर कोरियामाथि प्राकृतिक ग्याँस निर्यातमा असर पर्ने देखिएको छ । साथै, चीनले आगामी अक्टुबर १ देखि रिफाइन पेट्रोलियम उत्पादनमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

चीनले उत्तर कोरियमाथि लगाएको प्रतिबन्धले उत्तर कोरियालाई करीब ७० करोड अमेरिकी डलर बराबरको नोक्सानी हुने भएको छ । त्यस्तै, उत्तर कोरियाले आफ्नो देशमाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै एकपछि अर्को गर्दै मिसाइल परीक्षण गर्दै आएको छ ।

आफनो देशको रक्षाको लागि मिसाइल परीक्षण गरेको भन्दै उत्तर कोरियाले अरु राष्ट्रले लगाएको प्रतिबन्धले केही फरक नपर्ने जनाएको छ । तर, पछिल्लो महिनामा आर्थिक प्रतिबन्धका कारण प्योंगयाङमा तेलको मूल्य २० प्रतिशतले वद्धि भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीनको पछिल्लो प्रतिबन्धले उत्तर कोरियालाई थप आर्थिक संकट पर्ने बीबीसीले उल्लेख गरेको छ । एजेन्सी