१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


कांग्रेस कार्यकर्तालाई एमाले उम्मेदवारसहितले कुटे, चारजना घाइते, ३३ हजार लुटियो


0
Shares

विजयजुलुसमा सहभागी हुन वृन्दावनको विश्रामपुर जाँदै गरेका कांग्रेस कार्यकर्तालाई नेकपा एमाले वृन्दावन नगरपालिका प्रमुखका उम्मेदवार विनोद कुर्मीसहितको टोलीले कुटपिट गर्दा चारजना घाइते भएका छन् ।

निर्वाचनको विषयलाई लिएर गरिएको कुटपिटबाट शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका बताइएको छ । घाइतेको टाउकोमा चोट लागेको छ ।

सो नगरपालिकामा कांग्रेस विजयी भएपछि कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको हो । जारी मतगणनामा रौतहट जिल्लामै एमाले जितविहीन छ ।

कुटपिटमा संलग्नहरुले ३३ हजार रुपैयाँसमेत लुटेको मोहम्मद सैमुल्लाहले बताए । घाइतेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेकोे छ ।