शनिबार साँझ साढे ६ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३४, संघीय समाजवादी फोरम नेपाल २१, माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।
त्यसैगरी, नेकपा एमाले १३, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा कांग्रेसका जितेन्द्र साह तेली ३४८१ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै गायत्रीदेवी यात्री ३८१८ मत ल्याइ विजयी भइन् ।
पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रित महतो २९५९ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकै उषा चौधरी २५३८ मतसहित विजयी भएकी छन् ।
पर्साको सखुवा–पर्सौनी गाउँपालिकाको अध्यक्षमा फोरम नेपालका प्रदीप जैसवाल ३६५७ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा सोही पार्टीकी फूलकुमारी थरुनी ३६७२ मतसहित विजयी भइन् ।
बाराको पर्सौनी गाउँपालिकाको अध्यक्षमा राजपाका भोलाप्रसाद गुप्ता २४३८ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा राजपाकै गीता साह २५४२ मत ल्याएर विजयी भइन् ।




प्रतिक्रिया दिनुहोस्