Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


माफियाविरुद्ध निरन्तर लडिरहन्छु : डा.केसी


0
Shares

राजधानीमा शनिबार भएको कार्यक्रममा प्रा.डा.केसीले चिकित्सा क्षेत्र थप अस्तव्यस्त बनाउन सरकारले फेरि माफिया ऐन ल्याउन लागेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन ।

उनले राजनीतिकरणले नेपालको चिकित्सा शिक्षा र मेडिकल क्षेत्र कुरुप बनाएको भन्दै चिकित्सा क्षेत्रका माफियाविरुद्ध निरन्तर लडिरहने दृढता व्यक्त गरे ।

पत्रकार एवं भ्रष्टाचारको नालीबेली समेटिएको पुस्तक ‘रजगज’का लेखक हरिबहादुर थापाले नेपालको राजनीतिक क्षेत्र माथिदेखि तलसम्मै भ्रष्टाचारको जालोमा जेलिएको टिप्पणी गरे । उनले मुलुकमा अहिले जनताले शक्तिपृथकीकरणको आभास गर्ने ठाउँ नै नपाएको बताए ।

राजनीतिक बेइमानीले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको उनको भनाई थियो ।