Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रहरी सहायक निरीक्षक झुन्डिएको अवस्थामा भेटिए


0
Shares

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

एकचालिस वर्षीय गुरुङ असोज ५ गते बिदामा घर जानुभएको थियो । एक महिनाअघिमात्र सक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैंका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ ।