
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी २३ र नेकपा माओवादी केन्द्र २० स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमाले १६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका योगेन्द्रप्रसाद चौधरी विजयी भएका छन भने उपमेयरमा कांग्रेसकै कवितादेवी सरदार विजयी भइन् ।
धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका लालकिशोर साह विजयी भए । उपमेयरमा पनि राजपाकै रिता झा विजयी भइन् ।
प्रतिक्रिया दिनुहोस्