Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


महागढीमाई प्रमुखमा काँग्रेसः जीतपुर सिमरामा एमाले विजयी


0
Shares

प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादव पाँच हजार ७६५ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले पाँच हजार २७५ मत ल्याए ।

उपप्रमुखमा काँग्रेसकी तारादेवी गुप्ता पाँच हजार ३७५ मत प्राप्त गरी विजयी भइन । उनकै निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उमाराउतीदेवी बरैइले चार हजार ५२२ मत ल्याइन् ।

यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा (एमाले)का डा कृष्ण पौडेल र उपप्रमुखमा एमालेकै सरस्वती चौधरी निर्वाचित भएका छन् ।

डा पौडेलले १४ हजार ८६५ र चौधरीले १४ हजार ४५९ मत ल्याए । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः काँग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ र नीरु रायमाझीले १२ हजार ४६५ मत ल्याए ।

जितपछि प्रतिक्रिया दिँदै प्रमुख डा पौडेलले सबै मतदाताको इच्छा र चाहनानुसार सहमति, सहकार्य र एकताका साथ राजनीतिबाट टाढा रही समृद्ध उपमहानगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।