१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


प्रदेश नम्बर २ को मतपरिणामले गरेको संकेत (भिडियो)


0
Shares

प्रदेश नम्बर २ को जनादेशलाई राजनीतिक विश्लेषकहरुले संविधान संशोधन मुद्दाको पक्षमा मतपरिणाम आएको विश्लेषण गरेका छन् ।

प्रदेश नम्बर २ मा परम्परागत शक्ति नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । ६ वटा प्रदेशमा पहिलो शक्ति बनेको एमाले पाचौं स्थानमा झरेको छ । पछिल्लो समय मधेशमा एमालेको छवि नराम्रो भए पनि बलियो संगठनकै कारण सम्मानजनक स्थान हासिल गरेको छ ।

प्रदेश नम्बर २ मा माओवादी केन्द्रले राम्रो मत पाएको छ । २०६३ सालको मधेश आन्दोलनबाट उदाएको संघीय समाजवादी फोरमले राम्रो परिणाम ल्याएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै लामो समय आन्दोलन गरेको राष्ट्रिय जनता पार्टी नेपाल मधेशको शक्तिशाली दल बनेको छ ।

समग्र परिणामलाई हेर्ने हो भने प्रदेश नम्बर २ मा मधेश केन्द्रित दलको पल्लाभारी भएको छ ।

के भन्छन् विश्लेषकहरु ? भिडियो हेर्नुहोस्