Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘देवानी कानुन निर्माण प्रक्रियालाई तिब्रता दिनुपर्ने’


0
Shares

आइतबार बसेको विधायन समितिको बैठकमा उपसमितिद्वारा प्रस्तुत देवानी कानुनको संसोधन र एकिकरण गर्न बनेको विधेयकमाथि छलफल गरिएको हो ।

नयाँ संविधानअनुसार देवानी कानुनलाई समय सापेक्ष बनाउन संसोधन गरिएको भन्दै बैठकमा कानुन न्याय तथा संसदीय राज्यमन्त्री दिलमान पाख्रिनले जतिसक्दो चाँडो यसलाई टुंग्याउनु पर्ने बताए ।

राज्यमन्त्री पाख्रिनले नयाँ संविधानअनुसार थुप्रै कानुन आवश्यक रहेको भन्दै कानुन निमार्णको प्रक्रियालाई तिब्रता दिनु पर्नेमा जोड दिए ।

संसदीय समितिहरुलाई जति सक्दो चाँडो विधेयकको टुंगो लगाइदिन पनि मन्त्री पाख्रिनले आग्रह गरेका छन् ।