
बेलायती नागरिक जामिल अहमद मुकद्दमले सडकमा आफ्नो चालकलाई औंला ठड्याएर आक्रामकता देखाएको आरोपमा प्रहरीले कारवाही अघि बढाएको हो । जामिल दोषी ठहरिए उनलाई जेल सजाय हुन सक्ने जनाइएको छ ।
दुबईको कानूनका बारेमा थाहा नहुँदा धेरैजसो पर्यटक यस्ता झमेलामा पर्ने गरेका छन् ।
संयुक्त अरब इमिरेट्स तथा खासगरी दुबईमा भद्दा खालका इशारा गर्न पाइँदैन । त्यस्तै अविवाहित पुरुष र महिला होटलमा एकसाथ बस्नु गैरकानुनी मानिन्छ ।
त्यहाँ विवाह विना यौनसम्बन्ध राख्नु पनि अपराध मानिन्छ । सार्वजनिक स्थलमा चुम्बन गर्नु पनि अपराध मानिन्छ ।
त्यहाँ अनुमतिविना कुनै महिलाको तस्वीर लिन निषेध गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्