१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


सिराहा, सर्लाही र महोत्तरीका सबै निर्वाचन परीणाम सार्वजनिक


0
Shares

सिराहाको १७ ओटा स्थानीय तहमध्ये नगर तथा गाउँपालिका प्रमुखमा माओवादी केन्द्र–६, संघिय समाजवादी फोरम–५, नेकपा एमाले–४ र नेपाली कांगे्रस–२ ओटा स्थानीय तहमा जित हासिल गरेको छ ।

सिरहामा प्रमुख पद जित्नेमा माओवादि केन्द्र बनेको छ भने राजपाले कुनै प्रमुख पद जित्न सकेन ।

त्यस्तै, सर्लाहीको २० ओटा स्थानीय तहमध्ये नगर तथा गाउँपालिका प्रमुखमा राजपा–६, नेपाली कांगे्रस–५, नेकपा एमाले–४, माओवादी केन्द्र–३ र संघिय समाजवादी तथा लोकतान्त्रिक फोरम– १/१ ओटा स्थानीय तहमा जित हासिल गरेको छ ।

सर्लाहीमा प्रमुख पद जित्नेमा राजपा पहिलो बनेको छ ।

त्यसैगरी, महोत्तरीको १५ ओटा स्थानीय तहमध्ये नगर तथा गाउँपालिका प्रमुखमा राजपा–७, माओवादी केन्द्र–४, नेपाली कांग्रेस–३ र संघिय समाजवादी फोरम–१ ओटा स्थानीय तहमा जित हासिल गरेको छ ।

महोत्तरीमा प्रमुख पद जित्नेमा राजपा नै पहिलो बनेको छ, भने नेकपा एमालले कुनैपनि प्रमुख पद जित्न सकेन ।