सवारी साधनले चाडपर्वको मौका छोरेर यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, ब्यापारिक सामान बोक्ने र बढी भाडा असुल गरेकोलगायतका गुनासो बढेपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरीले दैनिक साँझको समयमा मापसे चेकसहित अन्य समयमा जिल्लाका विभिन्न स्थानमा चेक गर्न थालेको हो । प्रहरीले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु, ब्यापारिक सामान नराख्न आग्रह गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले ट्राफिक नियम पालना नगर्नेहरुलाई कारबाही गर्ने अभियानलाई तिव्रता दिइएको बताए ।










प्रतिक्रिया दिनुहोस्