
अमेरिकाको नेशनल फुटबल लिग ‘एनएफएल’का खेलाडीले फुटबलका बेला बजाइने राष्ट्रिय गानका क्रममा नउठी बसेको भन्दै उनले त्यस्ता खेलाडीलाई मालिकले नै कारबाही गर्नुपर्ने टिप्पणी गरेका थिए ।
अमेरिकाको अलाबामा गरिएको एक र्यालीमा राष्ट्रपति ट्रम्पले खेलाडीलाई तथानाम गाली गरेको दावी गरिएको छ । फुटबल खेलका क्रममा चर्चित खेलाडी कोलिन केपरनिकले देशमा भइरहेको जातीय प्रदर्शनको समर्थनमा राष्ट्रिय गानका क्रममा नउठेको भन्दै ट्रम्पले देशको झण्डाको अपमान गर्ने खेलाडीलाई कारबाही गर्नुपर्ने टिप्पणी गरेका थिए ।
यसैबीच एनएफएलका कमिश्नर रोजर गुडेलले राष्ट्रपतिको यो टिप्पणीले खेलाडीबीचमा गुट सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्