Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बाढीका कारण केटो ‘मयूरे’को मृत्यु


0
Shares

बाढीका कारण रोग लागेर ‘मयूरे’ नामको गैँडाको केटो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए ।

गत साउन २८ गतेको बाढीमा डुबेपछि रोग लागेर मयूरे मरेको उनले बताए । ‘बाढीले बगाएर आमा र छोरा छुट्टाछुट्टै स्थानमा पुगेका थिए, मयुरेलाई बेवारिसे अवस्थामा नारायणी किनारमा फेला पारेका हौँ,’ पाठकले भने । उद्धार गरी मयुरेलाई सौराहामा राखिएको थियो ।

‘बाढीपछि एक्कासि रोग देखियो, बचाउन सकिएन,’ चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.कमल गैरेले भने । डा.गैरेका अनुसार शवपरीक्षण गर्दा उसको आन्द्रामा खराबी भएको पाइएको थियो ।

नवलपरासीको अमलटारीको मयूरे वनस्थित नदी किनारमा फेला पारिएको हुँदा नाम मयूरे रहन गएको हो । बाढीका कारण यसअघि दुईओटा गैँडा मरिसकेको छ । रासस