Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


मेलमिलापबारे सर्वोच्च अदालत र उद्योग वाणिज्य महासंघबीच छलफल


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग वाणिज्य क्षेत्रमा मेलमिलापको विषयमा आइतबार गरेको कार्यक्रममा उद्योगी व्यवसायी एवं कानुन क्षेत्रका जानकारहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले मेलमिलापको माध्यमबाट समाधान गर्न सकिने विवाद मेलमिलापबाट नै गर्नु उपयुक्त हुने बताए । मेलमिलापबाट उद्योग वाणिज्य क्षेत्रका विवाद समाधान गर्दा छरितो हुने उनको भनाइ थियो ।

उद्योग वाणिज्य क्षेत्रले पनि विवाद समाधानका लागि मेलमिलापलाई अनुशरण गरे यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दाको संख्या घटाउन मेलमिलापको अवधारणा नआएको प्रष्ट पारे । उनले छिटो, छरितो एवं दुवै पक्षले जित्ने अभिप्रायका रुपमा यो अवधारणा आएको बताए ।

महासंघकी अध्यक्ष भवानी राणाले कुनै पनि विवाद अदालतमा जाँदा समय, पैसा खर्चिलो रहेको भन्दै मेलमिलापलाई अगाडि बढाउन महासंघले पहल गर्ने बताइन् । ७ वटा प्रदेशमा महासंघको कार्यालय स्थापना गरिएको भन्दै उनले मेलमिलाप परिषद्लाई अभियानका रुपमा अगाडि बढाउने बताइन् ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले व्यवसायिक विवादमात्र नभई निजी क्षेत्र र सरकारबीचको विवाद पनि मेलमिलापबाट गरिनुपर्नेमा जोड दिए । उनले राजश्व सम्बन्धी धेरै विवाद हुने भएकाले त्यसको समाधान पनि मेलमिलापबाट खोजिनुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता मात्रिका निरौलाले आपसी हितको विषयमा मेलमिलाप नभएपछि मात्रै हड्ताल गर्न पाउने कानुनी व्यवस्था रहेको भन्दै सबै संघमा मेलमिलाप डेस्क अनिवार्य राख्न सुझाव दिए ।