आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो ।
बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई खबर गरेको थियो ।
सो सुतली बम भएको र सेनाले निष्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका थिए ।
सर्वसाधारण नागरिकलाई आतंकित पार्न कसैले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्