
जर्मनीमा भएको चुनावमा मर्केल चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
उनी निर्वाचित भए पनि संघीय चुनावमा उनको पार्टी कन्जरभेटिभ सिडियु÷सिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन ।
उनको पार्टीले ३२ दशमलव ५ प्रतिशत मत ल्याउँदै संसद्को पहिलो पार्टी बन्ने देखिएको सर्वेक्षणहरुले देखाएका छन् ।
यसले संसद्मा पहिलो पार्टी बने पनि मर्केलको पार्टीले बहुमत भने नल्याउने पक्का भएको छ ।
यो पछिल्लो ७० वर्षमा सिडियु÷सिएसयु पार्टीको संघीय चुनावमा सबै भन्दा खराब नतिजा हो ।
मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्रयाटिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ ।
उसले जम्मा २० प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ । द नेसनलिस्ट एएफडी पार्टी संसद्मा तेस्रो पार्टी बन्ने देखिएको छ ।
उसले १३ दशमलव ५ प्रतिशत मत प्राप्त गर्ने बताइएको छ । झन्डै ६ दशकको इतिहासमा नेसनलिस्ट पार्टी जर्मनीको संसद्मा प्रवेश गर्न लागेको यो पहिलो पटक हो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्