काठमाडौंको टेकुस्थित ७ वटा मसानघाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा सुरु भएको हो ।
भैरवको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।
सो अवसरमा जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकनका लागि लगिन्छ ।
मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गरिन्छ ।
वर्ष भरी सर्वसाधरणको दर्शनका लागि भैरवको घ्याम्पो त्यहीँ राख्ने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्