१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


मतगणना अन्तिम चरणमा, अब ४ स्थानको परिणाम आउन बाँकी


0
Shares

अब ४ स्थानको मात्र परिणाम आउन बाँकी छ । धनुषा, सर्लाही, महोत्तरी, रौतहट र सिरहाका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

बाराका कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ । जसमा कलैयामा एमाले अगाडि छ भने बारागढीमा कांग्रेस अगाडि रहेको छ ।

सप्तरीको परिणाम आउन बाँकी राजविराज नगरपालिकामा संघीय फोरम अगाडि छ ।

परिणाम आउन बाँकी पर्साको वीरगन्ज महानगरपालिकामा संघीय फोरमले अग्रता लिएको छ ।