११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


म्यानमारमा ‘हिन्दुको सामूहिक चिहान’ फेला


0
Shares

रखाइन प्रान्तको एबव्क्य गाउँमा सेनाले सोमबार भेटिएको सामूहिक चिहानमा २८ ओटा शवमध्ये २० जना महिलाहरुको रहेको बताइएको छ । म्यानमार सरकारले उक्त चिहान हिन्दु गाउँलेहरुको रहेको बताएको छ ।
रखाइन प्रान्तका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायले नै हिन्दु गाउँलेकोे हप्याकाण्ड रचेको म्यानमार सुचना कमिटिले फेसबुक पोष्टमार्फत उल्लेख गरेको छ ।

वषौंँदेखी अत्याचार खेपिरहेका रोहिंग्या मुस्लिम समुदायले तयार गरेको सशस्त्र समूहले एक महिनाअघि सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेपछि त्यस क्षेत्रमा तनाब बढेको हो । अहिले उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सैन्य कारवाहीलाई ‘जातीय सफाया’ भनेको छ । त्यस क्षेत्रबाट पलायन भएका ४ लाखभन्दा बढी रोहिंग्या मुश्लिम बंगलादेश पलायन भएका छन् ।
म्यानमार बौद्ध समुदायको बाहुल्य रहेको क्षेत्र हो । एजेन्सी