२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


काभ्रेको निगालेमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते


0
Shares

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । उनका अनुसार गाडीमा १७ जना सवार थिए ।

“घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ”, थापाले थपे ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौँंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस