Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


काभ्रे जिप दुर्घटनाः मृतक ६ मध्ये पाँचजनाको सनाखत


0
Shares

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रविराज थपलियाकाअनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिका–२ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एकजना पुरुषको सनाखत हुन बाँकी छ ।

एक वर्ष ८ महिनाकी कृष्टिना मोक्तान हराइरहेको जनाइएको छ ।

प्रहरीले घाइते अभिषेक तामाङको उद्धार गरी हेलिकोप्टरबाट काठमाडौंमा उपचारका लागि लगिएको जनाएको छ । बाँकी घाइतेको उद्धार भइरहेको छ ।

मंगलबार बिहान बनेपाबाट डाँडापारि जानेक्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा१४च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडीमा १७ जना सवार थिए ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दसैंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । रासस