
पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीहरुको चहलपहल बढेसँगै सो क्षेत्रमा व्यापार—व्यवसायसमेतमा वृद्धि भएको छ ।
भारतको उत्तराखन्डस्थित शेरावालीको नामले परिचित पूर्णागिरि मन्दिरमा नवरात्री अवधिभर लाग्ने धार्मिक मेलाका कारण महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकीजस्ता नेपाली बजारमा दर्शनार्थीको भीड बढेको हो ।
घटस्थापनादेखि सुरु भएको यो धार्मिक मेला कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्