२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दोलखा भीमसेनको मूर्तिमा ‘पसिना’ आयो


0
Shares

मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा भीमेश्वरको शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको र बीचमा रोकिएको थियो ।

पुनः अपराह्न पौन ४ बजेदेखि बायाँपट्टि र शिलाको बीच भागबाट पसिना आएर रोकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

मूर्तिको दायाँपट्टि पसिना आउँदा राजापक्ष र बायाँपट्टि पसिना आउँदा जनतालाई अनिष्ट हुने मान्यता रहँदै आएको छ ।

भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीयरुपमा क्षमापूजा–अर्चना गरेका छन् ।

यसअघि, २०६२/०६३ को जनआन्दोलन सुरु हुनुभन्दा एक महिनाअघि पनि यसैगरी पसिना आएको थियो भने राजा वीरेन्द्रको वंशनाश हुनुभन्दा डेढ महिनाअघि पनि यसैगरी पसिना आएको बताइन्छ ।

त्यस्तै, १९९० सालको भुइँचालो जानुभन्दाअघि पनि भीमेश्वरको मूर्तिमा पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।