Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


पर्यटन मन्त्रालयसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण


0
Shares

मंगलबार विज्ञप्ति जारी गरी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २४ घन्टे स्पष्टीकरण माग गरेको हो ।

आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा गएको भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा निर्वाचन आयोगको सहमतिबिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई त्यस मन्त्रालयमा कामकाज गर्नेगरी तोकिएकोे विषय आचारसंहिताविपरीत भएको भन्दै काजमा तोक्ने पदाधिकारीहरूलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । रासस