कैलाली, पुस २७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार सुशासानको कुरा गर्दै काममा भने भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाए ।
वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नै नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै छानविन समिति बनाउनुले सरकारको नियत ठिक नदेखिएको उनले बताए ।
सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको सरकारका काम कारवाही र गतिविधि भने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्