१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बाढी प्रभावितलाई ‘के दशैं, के तिहार ?’, खाद्यान्न र लत्ताकपडाकै चिन्ता (भिडियो)


0
Shares

तर, मोरङका बाढी प्रभावित भने दशैं कसरी मनाउने भनेर पिरोलिन थालेका छन् ।

दशैको आगमनसँगै खाद्यान्न, लत्ताकपडा नभएको अवस्थामा चाडपर्व कसरी मनाउने भन्दै उनीहरु निराशसमेत बनेका हुन् ।

गत साउन २८ गते आएको बाढीबाट विराटनगर महानगरपालिकासहित सुन्दर हरैंचा र रतुवामाई नगरपालिकाका अधिकांश घरपरिवार प्रभावित भएका थिए ।

बाढीले केहीको घर भत्काउनुका साथै अधिकांश परिवारको खाद्यान्न तथा लत्ताकपडा बगाएको थियो ।

खानेकुराकै समस्या भइरहेको बेला सुरु भएको चाडपर्वले उनीहरुमा झनै समस्या थपिदिएको छ ।

दुई छाक टार्न धौधौ भइरहेको अवस्थामा घरदैलोमा टेकेको दशैं कसरी मनाउने भनेर उनीहरु चिन्तित बनेका छन् ।

ओत लाग्ने घरसमेत बाढीले भत्किाईदिएकाले दशै आए पनि कुनै उत्साह नभएको विराटनगर–१२ आर्दश टोलीकी सिता बस्नेत बताउछिन् ।

बाढी आएलगत्तै विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएका थिए । तर अहिले त न उनीहरुसँग खानेकुरा छ न त लगाउने कपडा नै ।

खाने÷लगाउने वस्तु नै नभएपछि दशैंको पिरलो भएको विराटनगरकी सावित्रा शर्मा बताउँछिन् ।

घरमा भण्डारण गरिएको खाद्यान्न बाढीले बगाएपछि अहिले ऋण गरेर उनीहरु गुजारा चलाउँदै आएका छन् ।

रतुवामाईकी रसनादेवी मण्डलले दशैं मान्ने खर्च पनि साहू महाजन गुहानुपर्ने अवस्था रहेको बताउँछिन् ।

जिल्ला दैवी प्रकोप उद्धार समिति मोरङका अनुसार साउनको बाढीबाट मोरङमा ८ हजार ८७ घरपरिवार प्रभावित छन् ।

सवै भन्दावढी विराटनगर महानगरपालिकामा मात्र ३ हजार २१ वटा घरमा पूर्ण र ६ हजार ७८ घरमा आंशिक क्षति भएको छ ।

बाढीले कृषिबालीमा मात्रै करिब १ अर्ब ४४ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको सरकारी तथ्यांक छ ।

सबैतिर चाडपर्वको चहलपहल छाएको बेला मोरङका बाढी प्रभावितहरुलाई के खाने, के लगाउने भन्ने चिन्ताले अहिले पनि पिरलो छ ।

सम्वन्धित सरकारी निकायले उनीहरुलाई दशैं मनाउने वातावरण बनाउन विशेष राहत उपलब्ध गराए आफन्त माझ खुसी साट्न केही भए पनि सहयोग पुग्ने थियो कि ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस