बुधबार टोखा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापत्रमा टोखा प्रवेशमार्गमा मौलिक संस्कृति झल्कने द्वार निर्माण गर्ने, भूतखेल–सरस्वती क्षेत्रमा पार्क निर्माण गर्ने, ककनी, बागद्धार, सुन्दरीजल–गोसाइँकुन्डसम्मको पर्यटकीय ट्रेकिङ बाटो निर्माण गर्ने, नगरपालिकाको फोहोर व्यवस्थापन गर्नेलगायतका विषय छन् ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख शाक्यले विकास निर्माणमा स्थानीय तहको साझा अभियान आवश्यक रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्