
भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाएकी हुन् ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि आज शीतलनिवास आई क्षमा पूजा गर्न आग्रह गरेको उनका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए ।
प्रतिनिधिले शीलाको पसिना पुछेको कपास प्रसादस्वरुप राष्ट्रपतिलाई दिएका थिए ।
यसअघि २०७० सालमा पनि सो मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले क्षमा पूजा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्