१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


भ्रष्टाचार र कमिसनका कारण विद्युत् प्राधिकरण घाटामा : मन्त्री शाही


0
Shares

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री शाहीले संस्थालाई राजनीतिबाट मुक्त राखी भ्रष्टाचार नियन्त्रण गर्ने हो भने छोटै समयमा प्राधिकरण नाफामा जाने दाबी गरे ।

उनले विद्युत् चुहावटका नाममा संस्थालाई घाटामा लैजाने चलखेल प्राधिकरणकैबाटै भएको स्पस्ट पारे ।

व्यक्तिगत हितमा ऐन, कानुन बन्नाले प्राधिकरणको संस्थागत विकास हुन नसकेको उनको भनाइ छ ।

दसैंपछि विद्युत्को शुल्क अनलाइन सेवाबाट प्राप्त गर्नसकिने व्यवस्था मन्त्रालयले गर्न लागेको जानकारी उनले गराए ।

ऊर्जामन्त्री शाहीले दसैंको बेला देशका कुनैपनि स्थानमा लोडसेडिङ नहोस् भनेर सम्बन्धित ठाउँमा निर्देशन पनि दिइसकिएको जानकारी गराए ।