
गोरखाको पोखराथोक, चौताराबाट जिपमा राखेर फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबारमा पठाइएको छ ।
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्याएपछि फूलपातीका दिन साँझ हर्ष–बढाइँका साथ फूलपाती भित्र्याउने परम्परा रहेको छ ।
विगतमा गोरखाबाट बोकेर फूलपाती धादिङको जीवनपुरमा पुर्याउने र काठमाडौंबाट आएका गुरुज्यूको पल्टनसहितको टोलीले हनुमानढोकामा लगेर भित्र्याउने चलन रहेकोमा सडक बनेपछि यातायातबाट फूलपाती काठमाडौं लैजाने गरिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
त्यस्तै, साँझ बाजागाजासहित गोरखाकै पोखराथोक, चौताराबाट लगेको फूलापती गोरखा दरबारको दसैंघरमा घाम अस्ताउने समयमा भित्र्याउने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्