१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


प्रदेश नम्बर-१ मा ‘नो हर्न’ : असम्भव ! (भिडियो)


0
Shares

पूर्वका तराई संगै पहाडी र हिमाली जिल्लामा समेत गरिएको यो अभियान भौगालिक अवस्था, साघुरो सडक लगायतका कारण पहाडी र हिमाली जिल्लामा भने असम्भव झैं देखिन्छ ।

पूर्वी क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय ईटहरीले असोज एक गतेवाट प्रदेश नम्बर एकमा हर्न बजाउन निषेध गरेको छ । ध्वनी प्रदुषण कम गर्न भन्दै ट्राफिक प्रहरीले हर्न बजाउन निषेध गरेको हो ।

यो संगै प्रदेश नम्बर एक अन्र्तगत पर्ने तराईका तीन जिल्लासहित पहाड र हिमाल ११ जिल्लामा अब आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा हर्न बजाउन पाइने छैन ।

तर तराईका जिल्लामा यो सम्भव भएपनि हिमाली र पहाडी जिल्लामा भने सम्भब नरहेको यातायात चालकहरुको भनाई छ ।

साँघुरो सडक, घुम्ती वाटो, सडकमा पेटी नभएका कारण वजार क्षेत्रमा सर्बसाधारण सडक बाटै ओहोर दोहोर गर्ने, अब्यबस्थीत बजार, छाडा छोडिएका चौपायाका कारण पहाडी र हिमाली क्षेत्रमा हर्न नबजाउदा दुर्घटना बढ्ने बताउँछन् ।

नियम पालना नगरी हर्न बजाएमा पहिलो पटक जरीवाना स्बरुप पाँच सय त्यस पछि क्रमस एक हजार र पन्ध्र सय तिर्नु पर्ने छ ।

यो नियम तत्कालको लागि कठिन र असहज भएपनि निरन्तरता दिदै जाँदा सहज हुने तथा दुर्घटनामा समेत कमी आउने धनकुटाका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुरेन्द्र खड्का बताउँछन् ।

जथाभावी बजाईने हर्न नियन्त्रण गर्नु भने नराम्रो पक्कै हैन । हर्न निषेधित गर्दा जथाभाबि बजाईने हर्न नियन्त्रण भइ ध्वनी प्रदुषण त केहि हदसम्म कम भएकै छ ।

तर हर्न बजाउन नपाउँदा पहाडी र हिमाली क्षेत्रमा जोखिम समेत उत्तिकै बढेको छ । त्यसैले सबै ठाउँमा हर्न निषेध नगरी आवश्यक ठाँउमा मात्र हर्न निषेध गर्न आवश्यक छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस