११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


जापानी प्रधानमन्त्री सिन्जो आबेले संसद विघटन गरे


0
Shares

एक वर्ष अवधि बाँकी छँदै प्रधानमन्त्री आबेले संसदको तल्लो सदन विघटन गरेका हुन् ।

चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ ।

निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।

उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको र त्यही मौकामा चुनाव गराउन खोजिएको विश्लेषण गरिएको छ ।

ताजा मत सर्वेक्षणहरुमा उनको दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपी अरुको तुलनामा अघि देखिएको जनाइएको छ ।

एलडीपीको तुलनामा अरु विपक्षी भने कमजोर देखिएको छ । (एजेन्सी)