२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तलब नआएपछि शिक्षकहरुको दशैं खल्लो


0
Shares

जिल्ला शिक्षा कार्यालयले समयमै आफू कार्यरत विद्यालय पर्ने गाउँपालिका र नगरपालिकामा शिक्षकहरुको विवरण उपलब्ध नगराउँदा उनीहरुले तलब पाउन नसकेका हुन् ।

शिक्षा कार्यालयको लापरवाहीले आफूहरु दशैंको बेला समस्यामा परेको शिक्षकहरुले गुनासो गरे । अहिलेसम्म तलब नपाउँदा दशैं खल्लो भएको शिक्षकहरु बताउँछन् ।

मूख्य चाडपर्वका बेला तलब नपाउँदा शिक्षकलाई घर व्यवहार चलाउन र दशैं, तिहार, छठ जस्ता पर्वमा किनमेल गर्न समस्या भएको नेपाल शिक्षक संघ सर्लाहीका अध्यक्ष कौशल किशोर रायले बताए ।

उनले शिक्षा कार्यालयले लापरवाही गर्दा जिल्लाका सयौँ शिक्षक समस्यामा परेको बताए ।