
क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनीतिक दलले उम्मेदवार छान्न सुरु गरेपछि चुनावी माहोल विस्तारै तात्दै गएको हो ।
नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल कास्कीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोट गरेर केन्द्रमा सिफारिस गरिसकेका छन् भने नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवार छान्नमै व्यस्त रहेका छन् ।
दुई ठूला दलका आकांक्षी धेरै भएकाले टिकट पाउनका लागि नेताहरुको घरदैलोमा धाउन थालेको देखिन्छ ।
क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचनका कार्यक्रमलाई तीव्र पार्न मतदाता शिक्षा कार्यक्रमको तयारीमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
एक महानगरपालिका र चार गाउँपालिका रहेको यो जिल्लामा दुई लाख ५६ हजार ४०१ मतदाता छन । जसमा पुरुष एक लाख १९ हजार ५१६, महिला एक लाख ३६ हजार ८८१ र तेस्रोलिंगी चारजना छन् ।
आगामी मंसिर २१ गते जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । रासस
प्रतिक्रिया दिनुहोस्