११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


कोइलाबाट कोरिएको मोनालिसाको नग्न स्केच भेटियो


0
Shares

त्यो १५० वर्षअघि कलाकार लिओनार्दो दा भिन्चीले बनाएको ‘मोना भान्ना’ नाम गरेको स्केच दा भिन्ची स्टुडियोका कलाकारले बनाएको विश्वास गरिएको थियो ।

तर, प्यारिसस्थित लुभ्र संग्रहालयमा परीक्षण गर्दा कम्तीमा एउटा हिस्सा लियोनार्दोकै भएको विज्ञहरुले विश्वास गरेका छन् ।

प्यारिसदेखि उत्तरमा रहेको संग्रहालयमा सन् १८६२ देखि उक्त स्केच राखिएको थियो ।

लुभ्र संग्रहालयका संरक्षण विज्ञले उक्त स्केच लियोनार्दो दा भिन्चीको जीवनकालकै र उच्च गुणस्तरको रहेको बताएका छन् ।

विश्व विख्यात कलाकार लियोनार्दोले बनाएको मोनालिसाको पेन्टिङ विश्वमै चर्चित तथा अनमोल मानिन्छ ।

सन् १४५२ मा जन्मिएका लियोनार्दोको सन् १५१९ मा निधन भएको थियो । (एजेन्सी)